हाम्रो बारे

आवास वा घर हाम्रो एक अनिवार्य आवश्यकता हो । हामी सबैलाई राम्रो, बलियो आकर्षक घर बनाउने रहर धेरथोर लाग्दछ नै । जसका लागि विभिन्न निर्माण  सामाग्री प्रयोग गर्दछौ । विशेष गरि झ्याल, ढोका, भेन्टिलेसनका लागि हामीले परापूर्वकाल देखि प्रयोग गरि आएको काठको आपूर्ति कम छ र मूल्य पनि त्यति नै बढी छ । फेरी हरियो बन नेपालको धन भन्ने भनाई उखानमा मात्रै सीमित भएको छ । यसको संरक्षण र उपयोगको सही रणनीति नुहुँदा घर निर्माण गर्न गाह्रो  हुँदै गएको  छ । यसै सन्दर्भमा हाम्रो घरको पिल्लर, बिम, छाना, RCC को हुँदा पक्की र बलियो हुने र झ्याल ढोकाको फ्रेम किन नहुने ? फेरि नपसाङिने , किरा, धमिरा, घाम, पानीले असर नगर्ने, यस्तो RCC का झ्याल ढोकाका फ्रेमहरू निर्माण गर्न सम्भव छ भनेर ई. हरि प्रसाद शर्माको प्राविधिक सहयोगमा लामो समयको अनुसन्धान र प्रयासबाट यस प्रकारका झ्याल ढोकाका फ्रेमहरू नेपालमै पहिलो पटक सफलता पूर्वक उत्पादन गरी भवन निर्माणको दुनियाँमा काठको अभाव भइरहेको बखत काठको सुन्दर विकल्प सहित चितवनको रत्न नगरपालिका वडा नं. ३ मा बि. स. २०६८ (२०११ सन) मा यस उद्योगको स्थापना गरिएको हो ।

यस उद्योगमा आधुनिक प्रविधिबाट जुनसुकै साइजका RCC झ्याल, ढोका, आर्क, भेन्टिलेसनका फ्रेम साथै भूकम्प प्रतिरोधात्मक भवन निर्माणको लागि आवश्यक आधुनिक अटोमेटिक मेशिन प्रयोग गरि सोलिड र होलो ब्लकहरू निर्माण गरिन्छ ।