विशेषता

. आर सि सि झ्याल, ढोका, आर्क, भेन्टीलेसन

  • १:१:१:०.०५ (सिमेन्ट,  बालुवा, गिटि, कङक्रिट एडमिक्स्चर) अनुपातको कङक्रिट ७ मी. मी. को रड बुनेर बनाइएको फ्रेम प्रयोग गरी भाइब्रेसन दिइ निर्माण भएको हुँदा अत्यन्त बलियो (स्ट्रेन्थ कयूबको ३३३.३३ के.जी. प्रति वर्ग से. मी.)
  •  पानी सिमेन्ट अनुपात ०.४४ भएको हुँदा प्रयोग हुने कङक्रिट सामान्य नभएर स्टाण्डर्ड हुन्छ ।
  •  क्युरिङ अवधि ६७२ घण्टा (क्युरिङ पोखरीमा डुबाएर )
  • कब्जा प्रयोग हुने ठाउँमा सेप्टी प्लेटको प्रयोग भएको हुन्छ यसबाट कब्जा प्रयोग भएको ठाउँ थप मजबुत हुन्छ ।
  • कङक्रिट इन्जिनियरको प्राविधिक सुपरिवेक्षणमा निर्माण भइ निरीक्षण पश्चात् प्रयोगको लागि सिफारिस गरिन्छ ।
  • सस्तो मात्र होइन राम्रो र बलियो पनि छ ।
  • आगो, घाम, पानी, धमिरा, किरा आदिले असर नगर्ने मात्र होइन कहिल्यै पसाँगिँदैन पनि ।
  • काठमा जस्तै ग्रील, रड, मोटिस लक सहित काठ, फाइबर, आलमुनियम, युपिभिसी, फल्स आदिका डबल पल्ला( सिसा वा जाली) बिना झन्झट राख्न सकिने ।
  • रङ्ग रोगन गर्न सजिलो मात्र होइन किफायती र टिकाउ पनि हुन्छ । बरु रङ्ग गर्नु पूर्व १२० नं. खाक्सी राम्रोसँग लगाइ सिमेन्ट प्राइमरको प्रयोग गरी इच्छाअनुसार तेल ( इनामेल) वा पानी रङ्ग प्रयोग गर्न सकिन्छ ।
  • निर्माण कार्य छिटो, सुलभ, सुपथ र झन्झट रहित हुन्छ ।
  • सामाजिक उत्तरदायित्वको आधारमा विशेष छुट सहित फ्रि-होम डेलीभरि दिइने (मात्रा र स्थानको सापेक्षतामा १०० प्रतिशत सम्म)
  • वन, वन्यजन्तु र प्रकृति संरक्षणमा टेवा पुग्ने ।

. ब्लक

  • RCC फ्रेम निर्माणमा प्रयोग हुने बालुवा, सिमेन्ट, गिटी र स्टोन डस्ट, बालुवा र पानी प्रयोग गरिन्छ ।
  • कङक्रिट मिश्रणको अनुपात १:१:५:१०:०.०५ ( सिमेन्ट, बालुवा, स्टोन डस्ट, गिटी, कङक्रिट एड मिक्स्चर) भएको हुँदा साधारण ब्लकभन्दा सारै बलियो छ।
  • पानी सिमेन्ट अनुपात ०.८ प्रयोग हुने हुँदा स्टाण्डर्ड बन्दछ ।
  • आधुनिक अटोमेटिक मेशिनबाट उत्पादन हुने हुँदा ब्लकहरू भूकम्प प्रतिरोधी भवननिर्माणको लागि साधारण ब्लकको तुलनामा साह्रै बलियो र भरपर्दो हुन्छ ।
  • ब्लकहरू सोलिड र होलो दुबै प्रकारमा विभिन्न साइजमा पाइन्छ ।
  • हेम डेलीभरिको व्यवस्था छ ।